
३० मंसिर २०७७, मंगलवार
कुवेतमा एक नेपालीको मृत्यु भएको छ । डडेलधुरा जिल्ला अजयमेरु गाउँपालिका वडा न १ समैजी घर भई कुवेतमा कार्यरत
डम्मर बहादुर साउदको सोमवार मृत्यु भएको हो ।
हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङले जानकारी दिएका छन । साउद कुवेतको अल जजिरा कम्पनीमा ड्राइभर काम गर्दै आएका थिए । मृतकको घरमा श्रीमति एक छोरा र एक छोरी रहेको वुझिएको छ ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार साउदको मृत्यु भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको तर अस्पतालको रिपोर्ट भने आउन बाँकी रहेको जानकारी दिए ।