
३० मंसिर २०७७, मंगलवार
गैरआवासीय नेपाली संघ पोर्तुगलले एक ध्यानाकर्षण र जानकारी प्रकाशित गरी पासपोर्ट नवीकरण वा नयाँ बनाउनु पर्ने विषयमा कुनै कठिनाई, अप्ठेरो वा ढिलाई भएको भए गैर आवासीय नेपाली संघ पोर्चुगलको कार्यालय वा पदाधिकारीहरुलाई सम्पर्क राख्न अनुरोध गरेको छ ।
कार्यवाहक अध्यक्ष सीता श्रेष्ठ र महासचिव हेमराज सुवेदीद्वारा प्रेषित ध्यानाकर्षण तथा जानकारीमा भनिएको छ,”सामाजिक संजालमा आएका विभिन्न समाचारहरुको बारेमा हाम्रो ध्यानाकर्षण भएको छ । पोर्चुगलमा रहेका तमाम नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको समस्या समाधान र सहजीकरणका लागि हामी सधैं तत्पर छौं।”