३० मंसिर २०७७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ रिक्त पद पदपूर्तिका लागि ओलीले संवैधानि बैठक बाेलाएका हुन्।

यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेकाे थिएन । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी पठाएका थिए ।

देउवा र सापकोटा नआएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो । संवैधानिक नियुक्तिबारे मंसिर २७ मा कुराकानी भएकाले देउवा सहभागी हुने बताइएको छ ।

संवैधानिक परिषद्को बैठक बोलाएकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने असहमति जनाएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर