३० मंसिर २०७७, मंगलवार

काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  ना२क ३२३ नम्बरको निसान गाडी सोमबार बिहान अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गाडी सडकदेखि २५० मिटर तल खसेको थियो।

गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर