३० मंसिर २०७७, मंगलवार

कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि ल्याइएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जाल ट्वीटरमा  लेख्नु भएको छ, “फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।” उहाँले गत बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिनुभएको थियो ।

त्यसअघि क्यानाडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निश्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो ।खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उहाँले बताउनुभयो ।

क्यानाडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने अपेक्षा गरेको छ । सो मात्राको खोपले एक लाख २४ हजार ५०० नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ ।

कोरोनाभाइरसका कारण क्यानाडामा अहिलेसम्म चार लाख ६० हजार ७४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर