२९ मंसिर २०७७, सोमवार

पाल्पामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै पाल्पामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या २९ पुगेको छ । तानसेन नगरपालिका –१३ की ६६ वर्षीय महिलाको आइतबार दिउँसो साढे २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिएका छन । पन्थीका अनुसार ती महिलामा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको र उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनमा मङ्सिर २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो .

प्रतिक्रिया

सम्बन्धित खवर