२९ मंसिर २०७७, सोमवार

पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।  ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा  ८४२ कोरोना भाइरस संक्रमणमुक्त भएका छन ।  संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट १७१६ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर