२९ मंसिर २०७७, सोमवार

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओलीको ‘सर्वसत्तावाद’विरूद्ध कांग्रेस सडकमा आएको बताएका छन्। विराटनगरमा विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै कोइरालाले ओली सर्वसत्तावादी शैलीमा सरकार सञ्चालन गरिरहेको बताए।  ‘हामी तीन वर्षसम्म चुप लाग्यौं, सरकार भ्रष्टाचारमा लिप्त भएपछि सडकमा आएका हौं,’ कोइरालाले  कोणसभामा भने।  उनले अबको चुनावपछि कांग्रेसले सरकार कसरी चलाउनुपर्छ त्यो देखाउने बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर