४ पौष २०७७, शनिवार

सिन्धुली जिल्लामा जंगली कुरिलोको व्यवसायिक खेती हुन थालेको छ । विभिन्न संघ, संस्था, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ तथा निजी क्षेत्रको पहलमा कुरीलो खेतीका लागि बिउ—विजनका साथै आर्थिक तथा प्राविधिक सहयोगमा करिब एक सय ६० रोपनी क्षेत्रफलमा कुरीलो खेती हुँदै आएको बताईएको छ ।

जिल्लाको कमलामाई नगरपालिका, टाँडी, लाम्पानटार, भद्रकाली, रतनचुरा, लगायतका दर्जनौ ठाँउमा कुरिलोको खेती गरिएको छ । हाल जिल्लामा दुई लाख ८० हजारको संख्यामा कुरीलोको विरुवाहरु लगाईएको छ ।
कुरिलो खेतीबाट आफ्नो जमिनमा एक पटक लगाएमात्र पनि वषौंसम्म उत्पादन लिन सकिने र वर्षको दुई पटकसम्म गोडमेल तथा सिँचाई गरि दिए यसबाट कम्तीमा १८ वर्षसम्म उत्पादनसँगै आम्दानी लिन सकिने कृषि प्राविधिकहरु बताउछन् । जिल्लामा व्यावसायिक कुरिलो खेती प्रबद्र्धनका लागि निजी क्षेत्रको प्रियङका ट्रेडर्सले सघाउदै आएको छ । ट्रेडर्सले स्थानीय कृषकहरुका लागि निःशुल्क कुरिलोको विरुवा उपलब्ध गराउनुको साथै आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हितलाल श्रेष्ठ कुरिलो खेतीका लागि डिभिजन वन कार्यालयसँग कार्यक्रम रहेको र उक्त महासंघले किसानलाई सम्झौता गराउने, समन्वय गर्ने जस्ता गतिविधि गर्दै आएको बताउनुभयो ।
जिल्लामा कुरिलो खेती गर्नेले वार्षिक रुपमा न्युनतम २० हजार रुपैयाँदेखि एक लाख ६० हजार रुपैयाँसम्म आम्दानी लिने गरेको कृषकहरुको भनाई हरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर