५ भाद्र २०७७, शुक्रवार

समाजमा भएका विकृति विगंगतीलाई समेटेर मनुविकले तीज गीत संग्रह वजारमा ल्याएकि छिन । समाजमा हुने गरेका विकृती विसंगती,उत्पिडत,जातिय छुवाछुत अनि देशमा शाशकहरुले गरिरहेका ब्यवहारहरु गीतमा समेटिएका छन । उनका गीती सग्रहमा विभिन्न सर्जकहरुले सृजना गरेका करीव एक दर्जन गीतहरु समेटिएका छन ।

रुकुम पश्चिम जातीय नर सम्हार
मनु बि. क.
दुई हजार सतहत्तर साल जेठको महिना
पस्चिम रुकुम सोती गाउँको सुन बयान।
जीवन साथी ल्याउछु भन्ने आसा थियो मनैमा
तर मृत्यु हुनु प¥यो सोती गाउँमा।
जाजरकोट र रुकुमले प्रेम गास्न खोजेको
जातभातको कलङ्कले प्रेम मासेको ।
जाजरकोटका नवराज रुकुम सोती पुगेका
अछुत भनी आफन्तीले छोरी रोकेका ।
देश थियो बन्दाबन्दी कोरोनाको डरले
हिडे नवराज आफ्नी प्रेमी ल्याउने रहरले।
साथी थिए उनी सङ्ग एक्लै उनी गएनन्
उनी सङ्गै साथी पनि फिर्ता भएनन् ।
युवक र युवतीमा माया फुल्न खोजेको
माया फुल्ने आगनीमा रगत बगेको।
तल्लो जाति दिन्न छोरी भन्दै गाउले उठेको
गाउले सबै मिली हेर उनलाई पिटेको।
केही साथी भागी भागी जोगाएको ज्यान हेर
चुपचापै बसेछन है मारपीट हेरेर।
सक्दो कुटी मारिकन फालेछन है भेरीमा
मानवता र देशको कानुन बग्यो भेरीमा ।
नवराज सहित छ जना मारिकन फालेछन
किन हेरिस हाम्री छोरी भन्न भ्याएछन।
बिहे गर्छु भन्दा पनि मार्नु किन परेको
जातभातको सिमानाले मान्छे मारेको।
उच्च जातको अहङ्कारले मार्यो प्रेमी फूललाई
गुमे सन्तान आमा बाउको जीवन भरीलाई।
जातभातको अहङ्कारले गुमे सन्तान देशको
मुटुभरी थियो देशको झण्डा बोकेको।
देशको झण्डा संविधान एउटै हाम्रो भएनी
तल्लो जाती भनी पिट्दा ज्यान गयो नि।
देशका सन्तान मरे कठै जातभातको चलनले
पुर्याउथे देश माथी कर्म बचनले।
किन मारी फाल्यौ भन मान्छेको यो जातिलाई
नफालेको किन होला जातिपातिलाई।
नलाग है कोही पनि अपराधीलाई जोगाउन
लाग बरु न्याय प्रेमी न्याय दिलाउन ।
मारिनेका आफन्तलाई न्यायदेउ मिलेर
जातभात चाडै फाल मान्छे मिलेर।
नवराज सङ्गै हत्या भयो उनका साथीहरुको
जातभातले हत्या नहोस साथी अरुको।
हत्या हओस जातभात र बिभेदहरुको
हत्या नहोस मानवता र मान्छेहरुको।
प्रेमको फूल फूलोस सबै जात जातिमा
प्रेमको सुवास छाओस सारा धर्तीमा।
प्रेम गर्दा नवराज सरी हुन यहाँ नपरोस्
प्रेमको मीठो बहार सबको घर पुगोस्।

 

प्रतिक्रिया

सम्बन्धित खवर