६ भाद्र २०७७, शनिवार

यौनका अनुभव व्यक्तिबीच फरक–फरक हुने गर्दछ । कोहि व्यक्ति आफ्नो यौन जीवनबाट पुर्ण रुपमा सन्तुष्ट हुन्छन् भने कोहि यसबाट पर्याप्त आनन्द लिनेदिने मामिलामा चुकिरहेका हुन्छन् । जसले उनीहरुमा आत्मग्लानीका साथै मानसिक तनाव समेत पैदा गर्दछ । यसका साथै यसले व्यक्तिबीचको आपसी सम्बन्धमा पनि उतारचढाव ल्याउने काम गर्दछ । व्यक्तिले आफ्नो यौनजीवबाट चरम सुख प्राप्त गर्न नसक्नु पछाडि विविध कारणहरु हुन्छन् ।

तर, के तपाईलाई थाहा छ? शारीरिक व्यायामले व्यक्तिको यौन जीवनमा खुशहाल ल्याउन महत्वपूर्ण भुमिका खेल्दछ भन्ने बारे ? हो, शारीरिक व्यायाम र यौनजीवन बीच घनिष्ठ सम्बन्ध रहेको छ । शारीरिक रुपमा फिट रहन पुरुषको कामवासना र टेस्टोस्टोरेनको मात्रा अन्य पुरुषको तुलनामा बढि रहन्छ । यसबाहेक यसले व्यक्तिलाई भावनात्मक रुपमा समेत फ्रेस रहन मद्दत गर्दछ । शारीरिक रुपमा सक्रिय रहि व्यायामलाई प्राथमिकता दिने व्यक्ति सदैव ऊर्जावान् रहने भएकाले यस्ता व्यक्ति अन्यको नजरमा आकर्षित व्यक्तित्वको रोजाईमा समेत पर्ने गर्छन् । शारीरिक तन्दुरुस्ती र यौनक्रिडा मात्रै यौन सन्तुष्टि प्राप्त गर्ने माध्यम होइनन् । तर, केहि विज्ञहरुले भने नियमित यौन सन्तुष्टिको श्रेय शारीरिक व्यायामलाई दिएका  छन् । यसका साथै उनीहरुका अनुसार उचित आहार, आराम गरी धुम्रपानबाट टाढा रहने व्यक्तिहरुले अन्यको तुलनामा यौन प्रदर्शनमा सफल रहन्छन् ।

क्यालिफोर्निया विश्वविद्यालय स्यान डिएगोको यसको सर्वेक्षणा लागि मध्यम उमेरका पुरुषहरुलाई एरोबिक व्यायाममा समावेश गराएका थिए । जसमा उनीहरुलाई दैनिक ६० मिनेटसम्म व्यायाम गर्न लगाइएको थियो । लगातार ९ महिनाको निरन्तर व्यायामपछि उक्त सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार, ती पुरुषहरुमा अन्यको तुलनामा यौन कामवासनामा सुधार आएको थियो । तर, तुलनात्मक रुपमा ढिलो हिड्ने पुरुष र हल्का मात्रै कसरत गर्ने पुरुषमा भने त्यस्तो खासै सुधार देखिएको थिएन । अन्नतः उक्त निस्कर्षबाट विज्ञहरुले शारीरिक व्यायामले व्यक्तिको यौनजीवनमा सुधार ल्याउने कुरा प्रस्ट्याएका छन् । यद्यपि व्यायामले यौन जीवनमा सकरात्मक नतिजा ल्याउको भएता पनि यसैलाई यौन सन्तुष्टिको मुख्य केन्द्रबिन्दु नमान्न समेत सेधकर्ताहरुले अनुरोध गरेको छ । यदि तपाई आफ्नो यौन जीवनलाई खुशहाल बनाउन चाहानुहुन्छ भने, तपाईले शारीरिक व्यायामसंगै आफू तथा आफ्नो पार्टनरको स्वास्थ्य स्वस्थ भए नभएको विषयमा पनि ख्याल राख्नुपर्ने हुन्छ ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर