रामचन्द्र नेपाल
प्रदीप भण्डारीको घर सुनसरी जिल्लाको इटहरी उपमहानगर पालिका वडा नं. ९ मा पर्दछ । उहाँको उमेर ३४ वर्ष मात्र पुगेको छ । प्रदीप परिवारको कान्छो छोरा हुनुहुन्छ ।
प्रदीपको बाल्यकाल सामान्य रुपमा वित्यो । आमा बुबाको कुनै नोकरी थिएन । खेती किसानी मुख्य पेशा थियो । यसैबाट हुने आम्दानीबाट परिवारको गुजारा चलेको थियो ।
आमाबुबाले दुख गरेर भए पनि छोराछोरीहरुलाई पढाउनु पर्दछ भन्ने ज्ञान प्रदीपको बुबा आमालाई थियो । त्यसैले आफ्नो घर भन्दा करीव २० मिनेट टाढा पर्ने सरस्वती प्राथमिक विद्यालयमा भर्ना गरिदिनु भएको थियो । उहाँले आफ्नो पढाईलाई ब्याचलर दोश्रो वर्षमा पुर्याएर रोक्नु परेको थियो ।
ब्याचलर दोश्रो वर्षमा पढिरहेको अवस्थामा प्रदीप रोजगारीको सिलसिलामा मलेसिया भन्ने देशमा पुग्नुभयो । विदेश जाने बेलामा प्रदीप सँग पैसा थिएन । गाउँकै छिमेकीसँग ८० हजार ऋण लिएर उहाँ मलेसिया जानु भयो ।
मलेसियामा उहाँले जोहोरवारु भन्ने ठाउँमा प्लाष्टिकको सामान उत्पादन हुने कम्पनीमा काम गर्नुभयो । नेपालमा भनेजस्तो काम मलेसियामा पाउनु भएन तैपनि जसोतसो तीन वर्ष विताउनुभयो ।
मलेसियामा रहँदादेखि नै उहाँलाई आफ्नै ठाउँमा केही गर्ने इच्छा थियो । स्वदेश फर्किसकेपछि आफूले केही जम्मा गरेको पैसा र ऋणधन गरेर इटहरीमा फेन्सी पसल खोल्नुभयो । पसल भनेजस्तो चल्न सकेन । ऋणमाथि झन ऋण थपियो केही समय फेन्सी पसल गरेपछि छाडिदिनुभयो र त्यत्तिकै घरमै वस्नुभयो
प्रदीपका मामाहरुको काठमाण्डौको कोटेश्वरमा काँस, तामा, पित्तलका भाडाँकुडा बनाउने अष्टमण्डल धातु उद्योग थियो ।
भान्जाले आफूले गरेको ब्यवसायमा घाटा पाएको थाहा पाएपछि मामाहरुले भान्जालाई काठमाण्डौ झिकाउनु भयो । प्रदीपलाई पनि पहिला त जाउँ कि नजाउँ जस्तो भएको थियो तर पनि उद्योगको मार्केटिङ गर्ने जिम्मा पाउने भएपछि उहाँ काठमाण्डौ जाने निधो गर्नुभयो
काठमाण्डौमा पुगेपछि प्रदीपले मामाको उद्योगमा काम गर्न थाल्नुभयो । त्यसपछि बल्ल ब्यवसाय कसरी गर्नुपर्दछ भन्ने ज्ञान बल्ल आयो आफूले शुरुमा ब्यवसाय गर्दा घाटा के कारणले गएको रहेछ भन्ने कुरा समेत थाहा पाउनुभयो । मिजासिलो स्वभाव,कसैसँग पनि नरिसाउने,बालेरै आफूले गर्न खोजेको काम हाँसेरै गर्न सकिन्छ भन्ने ज्ञान मामाहरुले प्रदीपलाई दिनुभयो । प्रदीपले पनि मामाहरुको कुरालाई मानेर काम गर्न थाल्नुभयो । अहिले उद्योगको सबै मार्केटिङको जिम्मा प्रदीपले पाउँनु भएको छ ।
बजारमा सामान उत्पादन भएर मात्र हुँदैन त्यसलाई बोलीको माध्यमबाट बेच्न सक्नु पर्दछ भन्ने ज्ञान पाउनु भएका प्रदीप अहिले देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवहरुमा समेत आफ्नो सामानको मार्केटिङ गर्न पुग्नुहुन्छ । प्रदीपले अहिले विदेशमा समेत सामान पठाउन थाल्नुभएको छ ।
अष्टमण्डल धातु उद्योगमा विशेष गरी काँसका भाडाँकुडा बन्ने गरेका छन । यसका अलावा उद्योगबाट पित्तल र तामाबाट बन्ने भाडाकुँडा समेत बन्दछन ,
पहिला आफूले ब्यापार गर्दा घाटा खानु भएका प्रदीपले अहिले भने उद्योगलाई निकै नाफामा पु¥याउन सफल हुन भएको छ ।
मिजासिलो स्वभाव, हँसिलो बन्न पर्दछ भन्ने ज्ञान उहाँले मार्केटिङ गर्न थालेपछि सिक्नु भएको छ । आफैले पनि कुनै बस्तुको सामान उत्पादन गरेमा त्यसलाई बेच्न सक्छु भन्ने आत्मविश्वास अहिले प्रदीपमा आएको छ ।
एक छोरा र एक छोरीका बुवा बनिसक्नु भएका प्रदीपका परिवार भने इटहरीमै वस्नुहुन्छ भने उहाँभने काठमाण्डौमै वसेर मार्केटिङको काम गर्नुहुन्छ । उद्योगमा अहिले पाचँ जनाले नियमित रुपमा काम गरिरहेका छन भने प्रदीपले त्यसलाई बजारीकरण गर्ने काम गरिरहनु भएको छ ।
नेपालमा कासँका सामानहरु त्यति प्रयोग नगर्ने भएपनि विदेशमा भने यसको माग निकै रहेको कुराकानीको क्रममा प्रदीपले बताउनुभयो । हामीले काँसका भाडाकुँडाको प्रयोगका बारेमा त्यति धेरैलाई वुझाउन सकेका छैनौ । कासँका भाँडाकुडामा पकाउने या कासको भाँडाकुरामा खाँदा फाईदा हुन्छ भन्ने अझै धेरैलाई ज्ञान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । प्लाष्टिकसँग प्रतिस्प्रर्धा गर्न पर्दा बजारमा अझ समस्या आउने गरेको उहाँले बताउनुहुन्छ । सरकारले स्थानीय उत्पादनहरुलाई प्राथमिकतामा दिनु पर्नेमा त्यसो गर्न नसकेकोमा र यस्तै अवस्था रहेने हो भने स्थानीय उत्पादनहरु बन्द हुन सक्ने प्रदीपको ठम्याई छ ।
बोलीले शत्रु र बोलीले मित्र बनाउन सकिने भएकोले पनि मानिसले वोल्दा निकै ख्याल राख्नु पर्ने प्रदीप बताउनु हुन्छ । यतिबेला प्रदीपले सिगो उद्योगको व्यापार ब्यवसाय सम्हाली रहनु भएको छ । बजार ब्यवसायबाट आफ्नो जीबन सफल बनाउनु भएका प्रदीपको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ ।