२९ साउन
नेपालको पहिलो रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले उपहारस्वरुप कार प्राप्त गरेका छन् । सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै हिमेश विजेता बनेका थिए । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बीच कार हस्तान्तरण गरेका छन् ।
उक्त कारको मूल्य २५ लाख रुपैयाँ पर्ने छ ।
यसैबीच कमेडी च्याम्यिनको दोस्रो सिजन केही समयपछि शुरु हुदैछ । योपटक पनि निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा तथा प्रदीप भट्टराईले निरन्तरता पाउने छन् ।
कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले सञ्चालन गर्ने निर्माण युनिटले जनाएको छ ।

यो पनि पढ्नुहोस संजयदत्तको सडक २ को टेलर सार्वजनिक


प्रतिक्रिया

सम्बन्धित खवर