बलिउडमा अन्नाको नामबाट चर्चित सुनील शेट्टी मंगलबारबाट ५९ वर्षका भएका छन् । ११ अगस्ट १९६१ मा जन्मिएका उनले तीन दशक लामो फिल्म करिअरमा एक्सन र कमेडी हिरोको रुपमा आफ्नो पहिचान बनाएका छन् । ‘बलवान’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले ‘गोपी किशन’, ‘हेरा फेरी’ जस्ता कयौं उम्दा फिल्म दिएका छन् । उनी बस्सिङमा ब्ल्याक बेल्ट पनि हुन् ।

अभिनेत्री सोनाली बेन्द्रेको सुनील शेट्टीसँग क्रश थियो । ‘टक्कर’, ‘सपूत’, ‘कहर’ जस्ता फिल्ममा रोमान्स गरेपछि सोनालीले सुनील शेट्टीलाई मन पराउन थालेकी थिइन् । तर, फिल्ममा आउनुभन्दा अगाडि नै सुनीलले विवाह गरिसकेका छन् । यही कारण उनले मनको कुरा व्यक्त गर्न सकिनन् । अभिनेता गोविन्दाले एक अन्तर्वार्तामा सोनालीले सुनीललाई मन पराउने कुरा बताएका थिए ।

फिल्ममा आफ्नो अलग स्थान बनाएका सुनील शेट्टीसँग होटल म्यानेजमेन्टको डिग्री पनि छ । बलिउडसँगै साउथ फिल्ममा पनि काम गरिसकेका उनी १० मिलियन डलरभन्दा बढी सम्पत्तिका मालिक रहेको बताइन्छ । उनको मुम्बईमा करोडौं-अर्बौंका होटल र रेस्टुरेन्ट छन् । उनले कपडाको विजनेशसँगै पपकर्न इन्टरटेनमेन्ट नामक फिल्म प्रोडक्सन हाउस पनि चलाउने गरेका छन् ।

‘खेल’, ‘भागमभाग’ र ‘रक्त’ जस्ता फिल्म निर्माण गरिसकेका सुनील शेट्टी मुम्बई हिरोज क्रिकेट टीमका क्याटेन पनि हुन् । उनलाई अभिनेता बन्ने कहिल्यै चाहना थिएन । उनी क्रिकेटर बन्न चाहन्थे । सन् १९९१ मा माना कादरीसँग विवाह गरेका उनी दुई सन्तान (अथिया र अहान) का पिता हुन् । उनकी छोरीले बलिउडमा कदम राखिसकेकी छन् भने छोराले पनि चाँडै डेब्यू गर्दैछन् ।  एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर