आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने
२७ असार २०७७
कोरोनाका कारण धेरै बलिउड फिल्मको रिलिज पोस्टपोन्ड बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । यो फिल्मलाई यस वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी थियो । क्रिसमसको छेकोमा रिलिज भएका उनका प्रायः फिल्म सफल छन्, जसमा ‘थ्री इडियट्स’, ‘पीके’, ‘धूम ३’, ‘दंगल’ लगायत छन् । आउँदो वर्षको क्रिसमसमा रिलिज हुने ‘लाल सिंह चड्ढा’ टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित छ र लकडाउन अगाडि चण्डिगढ र कोलकातामा फिल्मको केही प्रतिशत छायांकन भएको थियो ।
लकडाउन खुकुलो भएसँगै अभिनेता आमिर खान फिल्मका लागि लोकेशन हेर्न टर्की गएका छन् । आमिर खान प्रोडक्सनको ‘लाल सिंह चड्ढा’ मा आमिर खान र करीना कपूर खान मुख्य भूमिकामा छन् । मोना सिंहको पनि प्रमुख भूमिका छ । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् । त्यस्तै, फिल्ममा प्रीतमको म्यूजिक र अमिताभ भट्टाचार्यको शब्द छ । एजेन्सीहरु

प्रतिक्रिया

सम्बन्धित खवर