भारतकी चर्चित गायिका लता मंगेशकरको घर सिल गरेको छ ।  भवनमा बस्ने ५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि  घर सिल गरेको भारतीय मिडियाले बताएका छन् । लता र उनको परिवार भने सुरक्षित रहेको बताइएको छ ।

यस बारेमा लता मंगेशकरको परिवारले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कृपया हाम्रो परिवारको स्वास्थ्यलाई लिएर कुनै प्रकारको अफवाहमा ध्यान नदिनुहोस् । हामीले अन्त्यन्त सावधानी अपनाएका छौं र सीनियर सिटीजनको सुरक्षामा सहयोग गरेका छौं । भगवानको कृपाबाट र तपाईंहरु सबैको शुभकामनाका कारण हामी सुरक्षित छौं ।’


 

प्रतिक्रिया

सम्बन्धित खवर