३२ श्रावन २०७७, आइतवार

नेपाली फिल्मका अभिनेत्रीहरु गायिका बन्ने क्रम जारी छ । रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ पछि निता ढुगाना पनि गायिका वन्न पुगेकि छिन ।
बाल्यकालदेखि नै फिल्म अभिनयमा सक्रिय रहेकी नीता ढुंगानाले केही दिन अगाडि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छन् । नीताले आफ्नो प्रोडक्सन हाउस नीता फिल्मस्बाट भजनको भिडियो पनि निर्माण गरेकी छन् । शनिवार राजधानीको एक गणेश मन्दिरमा भिडियोको छायांकन भइरहेको छ । आफूले गाएको भजनको भिडियोमा उनी स्वयं देखिने छिन् ।


प्रतिक्रिया

सम्बन्धित खवर