रामचन्द्र नेपाल

टंकबहादुर खत्रीको जन्म गुल्मी जिल्लाको मरुङ दगाम भन्ने ठाउँमा आज भन्दा चालिस वर्ष अगाडि भएको हो ।

अहिले भने उहाँ रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न ३ पर्सावाल, मुर्गिया भन्ने ठाउँमा परिवार सहित वस्नुहुन्छ ।
टंकबहादुर आठ दाजुभाइ मध्ये काईलो हुुनुहुन्छ ।

सानोमा बुबाआमाले पढ –पढ भनेको टंकबहादुरले मान्नु भएन ।

त्यसकारण उहाँलाई लेखपढ गर्न आउँदैन जसको कारण बेलाबेलामा नपढेकोमा पछुतो लाग्ने गरेको छ ।
टंकबहादुरको बाल्यकाल गाईबाख्राको महारा गरेरै बित्यो ।

घरभन्दा करिव पन्ध्र मिनेट माथि गाई गोठ थियो ।

उहाँको मात्र नभएर अन्य छिमेकीको पनि गाईगोठ भएको कारण बस्नको लागि कुनै समस्या थिएन ।

१२ वर्षको उमेर हुँदा देखि नै उहाँ गाई गोठमा बस्ने गर्नुहुन्थ्यो र गाईबस्तुको स्याहार सुसार गर्नुहुन्थ्यो ।
यो कुरा टंकबहादुर चौध वर्षको उमेर हुदाँ खेरीको हो ।

गाउँका दाजुपर्नेहरु भारतमा नोकरी गर्ने गर्नुहुन्थ्यो दाजुहरु छुट्टिमा आएको बखत गाईगोठमा पनि पुग्नुहुन्थ्यो ।

दाजुहरुले भारतमा नोकरी गरेको कुरा सुनाउनुहुन्थ्यो ।

टंकबहादुरलाई पनि भारतमा नोकरी गर्न जान पाए हुन्थ्यो जस्तो लाग्दथ्यो ।

भारत जाने तिब्र इच्छाका कारण एक दिन घरपरिवार कसैलाई पनि थाहा नदिईकन दाजुहरुसँगै भारत पुग्नुभयो ।
यता घरमा टंकबहादुरको निकै खोजी भयो ।

त्यो बेलामा आज जस्तो मोवाईल फोन पनि थिएन ।

सम्पर्क गर्ने माध्यम आज जस्तो सजिलो थिएन ।

भारत पुगेपछि आफू भारत पुगेको कुरा दाजुहरुलाई चिठीमा लेखेर पठाउन भन्नुभयो त्यसपछि मात्र परिवार ढुक्क भयो ।
भारतमा पुगेर टंकबहादुरले शुरुमा एक हप्ता मिठाई पसलमा काम गर्नुभयो ।

त्यो काम सजिलो लागेन र छाडिदिनुभयो।

त्यसपछि एक जना पन्जावीको घरमा एक महिना जति काम गर्नुभयो।

त्यो पनि छाडिदिनुभयो ।

त्यसपछि दाजुहरुले एउटा ब्लाङकेट बन्ने फयाक्ट्रीको अफिसमा काम लगाईदिनुभयो ।

अफिसमा उहाँले त्यहाँ आउने पाहुनाहरुलाई चिया नास्ता बनाउने गर्नुपर्दथ्यो ।

शुरुमा पन्ध्र सयबाट नोकरी थाल्नु भएका टंकबहादुरको पछि तलब वढेर चार हजारसम्म पुगेको थियो ।
टंकबहादुरले भारतमा चार वर्ष बिताउनुभयो र घर आउनु भयो घरमा आएपछि पनि फेरि साउदी,कतार,मलेसिया,दुवई जहाँ भएपनि जाने निधो गर्नुभयो र पासपोर्ट बनाउनुभयो पासपोर्ट बनाएको चार महिना पछाडि नै कतारको भिसा लाग्यो तर कतार जाने पैसा भने थिएन । जसोतसो बुबा आमा, दाजुभाइ, सवैले करिब ९० हजार जति जुटाई दिएपछि कतार पुग्नुभयो ।
कतारमा उहाँले कन्ट्रक्सनमा आठ वर्ष काम गर्नुभयो ।

ठुला ठुला घरहरु बनाउने, पुलहरु वनाउने काम गर्नुपर्दथ्यो ।

आफू ूविदेश जाँदा लागेको ऋृृण तिर्नुभयो, केही पैसा पनि बँचाउनुभयो र रुपन्देहीको सैनामैना भन्ने ठाउँमा घरघडेरी समेत जोडनु भयो ।
कतारमा उहाँलाई लामो समय बस्न मन लागेन ।

नेपालमा केही नयाँ काम गरौं भन्ने लागिरहन्थ्यो तर आईडिया दिने कोही पनि नहँुदा कुनै पनि ब्यवसाय गर्नको लागि हात हाल्नु भएको थिएन ।
सैनामैनामा एक जना जीतबहादुर खत्रीले मौरी पालन गर्नुभएको थियो ।

जीतबहादुरले आफ्नो चालिस घार मौरी चराउन दाङ लैजानु भएको थियो ।

त्यो बेला मौरी काढ्ने बेला भएको रहेछ ।

जीत बहादुरले टंकबहादुरको अंकल पर्ने कृष्ण खत्रीलाई मौरी काढ्नको लागि दाङमा बोलाउनुभयो।

कृष्णले आफू दाङ जान नभ्याउने बरु भर्खरै विदेशबाट आएका टंकबहादुरलाई दाङ पठाउने निधो गर्नुभयो ।
टंकबहादुर र जीतबहादुरका छोरा भएर दाङ पुग्नुभयो ।

दाङमा जीतबहादुरले टंकबहादुरलाई मौरी पाल्नको लागि सल्लाह दिनुभयो ।

दाङबाट फर्के पछि जीतबहादुरको मौरी फर्मबाट टंकबहादुरले पाँच बटा घार सहितको मौरी पैतिस हजारमा किन्नुभयो आफूले नजानेको कुराहरु उहाँले जीतबहादुरसँग सिक्नु भयो ।
टंकबहादुरले मौरी पालनलाई मुख्य पेसा बनाउन थाल्नुभयो।

पाचँ घारबाट बढाएर दश, विस हँुदै सय घार पुर्याउनु भयो ।

मौरी पालन ब्यवसायलाई अगाडि बढाउनको लागि विभिन्न तालिमहरु लिदै जान थाल्नुभयो।

उहाँलाई मौरी पालनमा रस बस्यो । त्यसपछि न्यू मलमला मौरी उद्योग भनेर कम्पनी नै दर्ता गर्नुभयो ।
टंकबहादुरले मौरी पालन ब्यवसाय थालेको अहिले वाह्र वर्ष पुगिसकेको छ ।

पाचँ घारबाट शुरु भएको मौरी पालन ब्यवसाय अहिले पाचँसय घार पुगेको छ ।

रातदिन नभनेर मौरी पालन ब्यवसायलाई अझ कसरी अगाडि बढाउन सकिन्छ भनेर लागिरहनु भएको छ ।

यतिवेला उहाँले मौरीलाई चराउनको लागि लुम्विनी, अमुवा, सिसई, मुर्गीया,बासगढी लगायतका ठाउँहरुमा लग्नुभएको छ करीव एक सय घार मौरी भने आप्mनै घर वरिपरी रहेका छन पैतीस हजारबाट शुरु गरेको ब्यवसाय अहिले करोडौं रुपैयाँको भएको छ ।

मौरी पालन ब्यवसाय गरेर नाम र दाम पनि उत्तिकै कमाउनु भएको छ ।
टंकबहादुरले महको रस प्रतिकेजी सात सय रुपैयाँमा फुटकर वित्रीm गर्ने र होलसेलमा ठाउँ अनुसार दिने गरेको  कुराकानीमा बताउनुभयो । त्यसबाहेक मौरीको गोला र घार बेचेर समेत वार्षिक रुपमा विस लाख भन्दा वढी रुपैयाँको कारोवार गरिरहनु भएको छ ।
मह काढ्ने बेलामा १२ जना सम्म काम गर्ने मानिसहरु चाहिने र अरु बेलामा भने घरपरिवारले नै मौरीको स्याहार सुसार गर्ने गर्नुहुन्छ ।

एक छोरा र एक छोरीका बाबु बनिसक्नु भएका टंकबहादुरले जे जति प्रगति गर्नुभएको छ मौरीबाट नै गर्नुभएको छ ।

कुनै पनि काम गर्दा हरेस नखाईकन निरन्तर गर्ने हो भने सफलता पाउन सकिने उहाँ बताउनुहुन्छ ।
यतिधेरै प्रगति गर्दा पनि आफूले सानोमा बुबा आमाले भनेको नमानेर नपढेकोमा भने उहाँलाई पछुतो लाग्ने गरेको छ ।

पढेको भए अझ धेरै प्रगति गर्न सक्थें होला । नपढेको कारण अझ सोचेजस्तो गर्नसकेको छैन कुराकानीमै उहाँले भन्नुभयो ।
पैताीसहजार लगानी शुरु गर्नु भएका टंकबहादुरको ब्यवसाय आज करोडांै करोडको भएको छ । कामलाई सानो ठुलो नभनि गर्नेहो भने सफलता पाउन सकिन्छ भन्ने कुरा उहाँको जीवनीबाट थाहा पाउन सकिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर