१७ कार्तिक २०७७                                          शनिबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ११औं दिनपछि भेटवार्ता हुँदैथियो। नेकपाका नेताहरुले यो भेटले पार्टीभित्रको विवादलाई समाधान गर्ने अपेक्षा गरेका थिए। किनकि कर्णाली प्रदेशको विवादले पार्टीभित्रका तत्कालीन एमाले र माओवादी खेमा देखिनेगरी वादविवादमा उत्रिएका थिए।

तर नेता कार्यकर्ताको अपेक्षा विपरीत प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले सल्लाहमै पार्टी फुटाउन अर्का अध्यक्ष प्रचण्डसामु राखेको प्रस्तावले खैलाबैला मच्चिएको छ।

https://amzn.to/4myfPN5

शनिबारको भेटमा प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेका थिए। यसअघि पनि फोनवार्तामा पनि पटक-पटक प्रचण्डलाई आ–आफ्नो बाटो लागौं भन्दै प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको बताइएको छ।

पार्टीभित्रको विवाद सतहमा देखिन थालेपछि शीर्ष नेताहरु यस सन्दर्भमा खुलेर आफ्ना धारणा राख्न थालेका छन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले फुट-फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकहरूका चाहना र जनादेशविरुद्ध हुने बताएका छन्। ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहिनेत पसिना लगाएर हाँसिल गरिएको हो। यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुट र फुटजन्य क्रियाकला

शनिबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ११औं दिनपछि भेटवार्ता हुँदैथियो। नेकपाका नेताहरुले यो भेटले पार्टीभित्रको विवादलाई समाधान गर्ने अपेक्षा गरेका थिए। किनकि कर्णाली प्रदेशको विवादले पार्टीभित्रका तत्कालीन एमाले र माओवादी खेमा देखिनेगरी वादविवादमा उत्रिएका थिए।

तर नेता कार्यकर्ताको अपेक्षा विपरीत प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले सल्लाहमै पार्टी फुटाउन अर्का अध्यक्ष प्रचण्डसामु राखेको प्रस्तावले खैलाबैला मच्चिएको छ।

शनिबारको भेटमा प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेका थिए। यसअघि पनि फोनवार्तामा पनि पटक-पटक प्रचण्डलाई आ–आफ्नो बाटो लागौं भन्दै प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको बताइएको छ।

पार्टीभित्रको विवाद सतहमा देखिन थालेपछि शीर्ष नेताहरु यस सन्दर्भमा खुलेर आफ्ना धारणा राख्न थालेका छन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले फुट-फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकहरूका चाहना र जनादेशविरुद्ध हुने बताएका छन्। ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहिनेत पसिना लगाएर हाँसिल गरिएको हो। यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुन्छ।’

उनले पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवम् सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुनसक्ने भए पनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिनसकेको भन्दै उनले पार्टी एकताको रक्षाका निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्ने बताएका छन्।

उनले व्यक्तिवाद, अहङ्कार, आवेग र आक्रोशले समाधान नदिने बताउँदै देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोच्न आग्रहसमेत गरेका छन्।

यता नेता भीम रावलले भने तुरुन्त स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्। उनले ट्वीट गर्दै पार्टीलाई विधि र प्रणालीमार्फत् चलाउनुपर्ने बताएका हुन्। ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्। स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्,’ उनले भनेका छन्। उनले नेकपा फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी हुने बताए।

पार्टीभित्रको विवाद चरमविन्दुमा पुगेको दुई अध्यक्षद्वय भेट्नुअघि पार्टीका महासचिव विष्णु पौडेलको वक्तव्यले पनि इशारा दिन्थ्यो। उनले शनिबारै पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका थिए। उनले नेतृत्वबीच असमझदारी बढ्दै गएको र यसले पार्टी एकतालाई गम्भीर संकटको मोड ल्याएको बताएका थिए।

‘आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन,’ उनले भनेका थिए।

प राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर