७ असोज २०७७, बुधवार

नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पती हो तितेपाती। जताततै पाइने तितेपातीको औषधीय गुण भने कमैलाई थाहा छ। तितेपाती सामान्यतया : पूजाआजा या श्राद्द्धमा गरिन्छ। यो वनस्पती पशुलाई सोत्तरको रुपमा पनि बिछ्याइन्छ। सहज रुपमा जंगल या खेतबारीमा पाइने यो जडी स्वास्थ्यका लागि निकै उपयोगी सावित भएको छ। गुणका कारण तितेपातीलाई औषधिको राजा नै मानिन्छ।

तितेपाती सेवन गर्दा हुने फाइदा

तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।
कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।
सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन ।
जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।
विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ ।
युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ। बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर