पत्रपत्रिका
राजधानी दैनिक

५ श्रावन २०७८, मंगलवार

https://amzn.to/4myfPN5

देउवा सरकार गठन भएसँगै नेपालको राजनीतिमा धु्रव परिवर्तन भएको संकेत मिलेको छ ।

यसअघि वामपन्थीहरूको नेतृत्वमा रहेको ‘वामधु्रव’ अब देउवा सरकार निर्माणसँगै ‘प्रजातान्त्रिक धु्रव’मा परिवर्तन हुन गएको छ ।

परिवर्तित परिस्थिति नेपालको सन्दर्भमा केवल सरकार परिवर्तनजस्तो मात्रै देखिए पनि त्यो राजनीतिक विचारधारका हिसाबले ध्रुव परिवर्तन हो । ‘वामधु्रव’बाट ‘प्रजातान्त्रिक धु्रव’मा सरकार परिवर्तन हुनु नेपालको राजनीतिक रंगमञ्चमा ध्रुव परिवर्तनको संकेत हो ।

एक त वामपन्थीहरूले आफूले वाचा गरेअनुरूप सेवा र सहयोग जनतालाई दिन सकेनन् ।

अझ वामपन्थीहरूको सरकार सधैं किचलो, तानातान र खिचातानीमै अल्झियो ।

दुई तिहाइको सरकार भने पनि सधैं अल्पमतको सरकारजस्तो देखापरिरह्यो । राजनीति तथा राजनीतिक भविष्यका हिसाबले वामपन्थी शक्तिहरूका लागि यो शुभ संकेत थिएन ।

तर, पनि वामपन्थीहरू न त एकआपसमा मिल्न सके न त आफले वाचा गरेझैं सेवा र सहयोग जनतालाई गर्न सके ।

त्यसैका कारण पनि वामपन्थीहरूको वर्चस्व रहेको सरकार औचित्य नै पुष्टि गर्न नसक्ने गरी हटेर त्यसको ठाउँमा देउवाको नेतृत्वमा प्रजातन्त्रवादीहरूको सरकार गठन हुन पुगेको छ ।

भलै यो सरकारलाई वामपन्थीहरूले नै सहयोग पु¥याएका छन् ।

वामपन्थीहरूले सहयोग गरे पनि सरकारको नेतृत्व भने प्रजातन्त्रवादी शक्तिको हातमा आइपुगेको छ ।

नेपालको राजनीतिमा कांग्रेस वा कम्युनिस्ट सरकार र प्रतिपक्षमा अदलबदल भइरहे पनि वर्तमान समयमा भने जनताको स्पष्ट बहुमतको म्यान्डेट लिएको सरकार नै पूरा कार्यकाल चल्न नसक्नु र त्यसको ठाउँमा प्रतिपक्ष दल अगाडि बढ्नु सामान्य संकेत होइन ।

अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका हिसाबले नेपालमा अब वामपन्थीहरूको स्थानमा प्रजातन्त्रवादी शक्तिहरू सक्रिय भएर जाने स्थिति देखापरेको छ । दुई÷दुईपटक संसद् विघटन र संसद् पुनस्र्थापनाका कुरा पनि गम्भीर नै छन् ।

यसैले पनि वामपन्थी शक्तिहरूमाथि प्रजातान्त्रिक तवरबाट सरकार सञ्चालन र राजनीतिक गतिविधि परिचालनमा केही बढी नै अपरिपक्वता देखापरेको हो ।

आपसी खिचातानी, सत्ताको हानथाप र शक्ति प्रदर्शन बाह्य रूपमा देखापरे पनि आन्तरिक रूपमा सत्ता सञ्चालनका समस्या गम्भीर बनेर देखा परे ।

यस्तो अवस्थामा वाम सरकारको स्थानमा प्रजातन्त्रवादीहरूको सरकार निर्माण, सरकार परिवर्तन मात्र होइन यो राजनीतिक शक्तिको विकल्प खोजिएको पनि हो । यो अर्थमा पनि नेपालमा राजनीतिक ध्रुव परिवर्तन भएको संकेत मिल्न गएको हो ।

नेपालको इतिहासमा वामपन्थी शक्तिहरूले पहिलोपटक एकलौटी सरकार निर्माण गरे पनि त्यसलाई टिकाउन भने सकेनन् ।

यो वामपन्थी शक्तिहरूको राजनीतिक अपरिपक्वता पनि हो । वामपन्थीहरूको हातबाट सरकार जानु भनेको प्रजातन्त्रवादी शक्तिहरूको भविष्य खुल्दै जानु पनि हो ।

यस अर्थमा वामपन्थीहरूको अपरिपक्वताका कारण फेरि एकपटक प्रजातन्त्रवादीको पोल्टामा नेपालको राजनीतिक शक्ति पर्न गएको छ । यसले नेपालको राजनीतिमा खासै फरक ल्याउने छैन । तर, पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्र हिसाबले ध्रुव परिवर्तनको स्पष्ट संकेत भने हो ।

वामपन्थीहरू आफ्नो कार्यकाल सफल बनाउन र आफ्नो भविष्य सुनिश्चित गर्नतिर लाग्न नसक्नुका कारण उनीहरूले आफ्नो हातमा रहेको शक्ति गुमाउन पुगेका छन् ।

यो कमजोरी प्रजातन्त्रवादी शक्तिहरूका लागि सुनौलो अवसर बन्न गएको छ । कुरा जे होस् तापनि नेपालमा सरकार परिवर्तन भएको छ । र, यो सरकारले आफ्ना प्राथमिकताका कामहरू पनि सार्वजनिक गरिसकेको छ ।

अन्तर्राष्ट्रिय शक्ति केन्द्रका हिसाबले ध्रुव परिवर्तन भए पनि नेपालको सन्दर्भमा नेपालको सरकारका रूपमा ती कामहरूलाई प्राथमिकताका साथ समयमै सम्पन्न गर्न सकोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर