२५ आषाढ २०७८, शुक्रवार

चितवन

देवघाट गाउँपालिका–५ कालिमाटीमा भट्टराई कृषि फर्म दर्ता गरी बाख्रापालनको ब्यवसाय गर्दे आउनु भएका किसान बुद्धिप्रसाद भट्टराईको ५३ वटा बाख्रा अज्ञात रोगका कारण मरेका छन् ।
२०७७ साल असोज महिनादेखि करीव ४० लाख लगानीवाट वाख्रा पालनको ब्यवसाय थाल्नु भएका भट्टराई संग १०९वटा वाख्रा रहेकोमा ५३ वटा वाख्रा अज्ञात रोगको कारण मर्दा करीव २५ लाख भन्दा बढी नोक्सानी भएको छ ।

हाल सम्म ५२ वटा माउ वाख्रा र एउटा खसी मरिसकेका छन । पछिल्लो समयमा सरदर दिनको एउटाको दरले मरेको भट्टराईले वताउनु भयो । ‘अहिले पनि ६ वटा माउ बाख्रा उपचाररत छन उनीहरुको अवस्था पनि खासै राम्रो नभएको भट्टराईले वताउनु भयो ।
वाख्रालाई १०७ डिग्रीसम्म ज्वरो आउने, झोक्राउने र घाँस दाना खान छोड्ने लक्षण बाख्रामा देखिएको छ ।

जिल्ला पशुसेवा कार्यालय भरतपुरबाट बाख्राको पोष्ट मार्टम गरी नमुना परीक्षणको लागि केन्द्रीय पशुरोग प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाएको पशुसेवा कार्यालय भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले बताउनु भयो तर, आजसम्म रिपोर्ट आएको छैन । उहाँले भन्नुभयो , ‘सुरूमा मैले हेरेको हो, रगतको मात्रामा ‘आरबिसी’को कमी र कलेजोमा ‘प्रोटोजल इन्फेक्सन’ देखियो, कलेजोमा असर देखिएकोले सोही अनुसार औषधी चलाइएको हो ।’

बाख्रा मरेको बारे आफूले थाहा पाएको र केही सुझावसमेत दिएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर गुरूङले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गाउँपालिकासँग त्यस्तो कर्मचारी त छैन तर, गाउँपालिकाले एउटा संस्थासँग साझेदारी गरिरहेकोले सल्लाह गरेर पशु चिकित्सक पठाउने व्यवस्था मिलाउँछु ।’ असार मसान्त परेकोले अल्ली बिजी भएको कारण त्यता समय दिन नसकेको भन्दै उहाँले साउन लागेपछि प्रदेश सरकारसँग राहतको लागि पहल गर्ने बताउनु भयो ।

रेमिटान्समा लामो समय काम गर्दे बैदेशिक रोजगारीवाट फिर्ता भएर भटटराईले नेपालमा पनि कृषिको क्षेत्रमा केहि गर्नुपर्छ युवालाई यो पेशामा जोड्नुपर्छ कृषि पेशालाई सम्मानित गराउनु पर्छ भन्दै कृषि ब्यावसायमा समेत हात हाल्नु भएको थियो । उहाँले भन्नुभयो ‘मैले हिम्मत हारेका छैन आधा मरेका हुन आधा वाकि नै छन, यसलाई अझ विस्तार गर्दे लाने हो । कृषि प्रधान देशमा सरकारले किसानलाई कसरी हेर्छ अव हेर्न भने वाकि नै  छ‘ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर