१३ माघ २०७७, मंगलवार

ईसेवा नेपालका गाउँ गाउँका टोल टोलमा पुगेपछि सेवाग्राहिहरुलाई निकै सजिलो भएको छ ।

नेपालमा सन् २००९ मा शुरु भएको डिजिटल यति चाडै यो अवस्थामा पुग्ला भनेर धेरै नेपालीहरुले सोचेका पनि थिएनन ।

त्यतिवेला देखिनै ईसेवाले आजको डिजिटल नेपालको परिकल्पना गरिसकेको थियो ।

‘पहिलो तीन वर्ष अर्थात सन् २०१२ सम्म ईसेवा यसै परिकल्पनाबाटै अघि बढिरहेको थियो,’ कम्पनीका एजेन्ट म्यानेजर आशिष प्रसाई सुनाउँछन्, ‘त्यस अवधिमा कम्पनीले कुनै ठूलो उपलब्धी त परै जाओस्, उल्टै कम्पनीलाई कसरी अघि बढाउने भन्ने समस्या भोगिररहेको थियो ।

तीन वर्षको त्यो अवधिमा जम्मा २१ हजारको हाराहारीमा प्रयोगकर्ता थिए ।’

त्यतिवेला वजार पनि सानो अनि विश्वास लिन पनि गाह्रो भएको अवस्थामा पनि ईसेवाबाटै ग्राहकलाई मोवाईहरुमा रिचार्ज उपलब्ध गराउँदै आएका थिए ।

सन् २०१२ मा ईसेवा कम्पनीले एजेन्ट नेटवर्कमा जाने निर्णय लियो ।

एजेन्ट नेटवर्कमा जाने निर्णय त भयो, तर बजार कुनै रुपमा पनि तयार भएको थिएन् ।

एजेन्ट बनाउँन जाँदा सुरुमा बैंकिङ ग्राहक बनाउनु पर्ने हुन्थ्यो ।

बैंकका कर्मचारी सँगै लगेर उनीहरुलाई मोबाइल बैंकिङ प्रयोग गर्न सिकाउनु पर्ने हुन्थ्यो ।
प्रसाई भन्छन्, ‘विस्तारै इन्टरनेटको पहुँच पनि बढ्दै गयो ।

मान्छे इन्टरनेट र प्रविधिसँग घुलमिल हुन थाले । त्यसो हुँदा सन् २०१७ मा ईसेवा इन्टरनेटमा आधारित सेवा बन्न पुग्यो ।’

इन्टरनेटमा आधारित सेवा सुरु त भयो, तर कतिपय ठाउँ यस्ता थिए, जहाँ मोबाइलमा जीपीआरएस अन गर्दा इन्टरनेट चल्छ भन्ने जानकारीसम्म थिएन ।

उनी भन्छन्, ‘हामीले मोबाइल इन्टरनेट र वाईफाईको महत्व बुझाउने काम पनि गरयौ ।’

यसरी मोबाइल बैंकिङ, प्रविधि हुँदै इन्टरनेटसम्म सिकाएर एजेन्ट नेटवर्कमा काम गरेकको ईसेवाले सन् २०१४ मा आएर बल्ल त्यसकको प्रतिफल हात पार्‍यो ।

पहिलो वर्ष जम्मा ५ सय एजेन्ट बनेको अवस्थामा सन् २०१४ को सुरुवातमा २५ सय र सन् २०१४ मे महिनामा आईपुग्दा चार हजार र त्यसको अन्त्यसम्म ५ हजार भन्दा बढी एजेन्ट बने ।

उनी सुनाउँछन्, ‘त्यो समयमा एजेन्ट नेटवर्क राम्रोसँग विस्तार भयो । त्यसपछि एकै पटक १६ बाट २५ हजार हुँदै थपिँदै गए ।’

‘हामीले नेपाल टेलिकमको रिचार्जमा ९८ रुपैयाँलाई काटेर १०३ रुपैयाँ भएको पोस्टर बजारमा छ्यापछ्याप्ती बनाएका थियौं’, प्रसाई सुनाउँछन् ।
ग्राहक त बढे, त्यासभन्दा पनि महत्वपूर्ण कुरा उनीहरुसँग भएको पैसा लिक्विडमा परिणत भएको थियो ।

कुनै समय पाँच सय, हजार रुपैयाँका रिचार्ज कार्डमा लगानी गरी पैसा फ्रिज बनाएर राख्नु पर्ने अवस्थामा आवश्यक परेको बखत रिचार्ज गर्न सकिने भयो ।

एजेन्ट र कारोबार थपिँदै गएता पनि राष्ट्र बैंकले नीतिगत व्यवस्था नगर्दा सुरक्षित महसुस गर्ने ठाउँ भने कम्पनीसँग थिएन ।

अनुमतिपत्र दिदाँ पनि कस्तो खालको नीति ल्याउने हो भन्ने विषय अन्यौलपूर्ण थियो ।

प्रसाई भन्छन्, ‘जब राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्‍यो, तब कम्पनीले छहारी पायो ।

अर्को शब्दमा भन्नुपर्दा कम्पनीले सुरक्षित महसुस गर्‍यो । त्यसपछि ईसेवाले पुनः एजेन्ट विस्तारको कामलाई रफ्तारमा अघि बढायो ।

सन् २०१७ देखि २०१९ सम्म आइपुग्दा कम्पनीको एजेन्ट नेटवर्क ठूलो मात्रामा वृद्धि भयो ।

सन् २०१९ मा कम्पनीमा ७० हजारभन्दा बढी एजेन्ट थिए ।

आज ईसेवासँग एक लाख भन्दा बढी एजेन्टको मजबूत नेटवर्क बनिसकेको छ । जसमार्फत देशका हरेक गाउँपालिकामा ईसेवा पुगको सेवा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर