घोराही उपमहानगरपालिका-८ बनगाउँबाट ३ किलो ७ सय ५० ग्राम अवैध लागूऔषध अफिम र ६ फिट ११ ईन्च लम्बाई भएको १ थान चितुवाको छाला सहित दुईजनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय मधु डाँगी र प्युठान नौवहिनी गाउँपालिका-५ बस्ने २७ वर्षीय धनसिंह टमटा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध र छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर