२ भाद्र २०७७, मंगलवार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उहाँको निधन भएको परीवारले जानकारी गराएको छ .  घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ । अन्त्येष्टिको सम्पूणर् जिम्मेवारी नेपाली सेनाले लिएको पनि परीवारले जानकारी गराएको छ ।

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हा ।
जन्मिएको तीन वर्षमा उहाँका् आमाको निधन भएको थियो । ६ वर्ष हुँदा अक्षर चिनेका घिमिरेले ८-९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीणर् गर्नुभएको थियो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस पुग्नु भएको घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नु भएको थियो ।
उहाँ स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुनुहुन्थो । उहाँ बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको बहुमुखी प्रतिभा हुनुहुन्थो ।
प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् ।
उहाँले उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनु भएको थियो । उहाँका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर(किन्नरी वि.सं. २०३३) जस्ता कविता सङ्ग्रह सङ्कलित छन् उहाँलाई ’राष्टकवि’ को उपाधिले सम्मान गरिएको छ ।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नु भएका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह(सम्पादक)को जागिरे पनि हुनु भएको थियो ।
बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीणर् गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभएको थियो ।

त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहनु भएको थियो ।
वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा पनि प्रत्यक्ष रूपमा उहाँको संलग्नता रहेको थियो ।

चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ’फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ’आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म उहाँ सक्रिय भएर लाग्नु भएको थियो ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो
उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको थियोभने वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार,वि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कारले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर