काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक भोलि (आइतबार) विहान ९ बजे बोलाउनुभएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने परिषदको बैठकमा आउन नसक्ने जानकारी दिनुभएको छ ।

यही २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको उल्लेख गर्दै उहाँले त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जानकारी दिनुभएको हो ।

निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथ संवैधानिक परिषदको बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर