भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीका अनुसार बिहीबार साँझ चाँगुनारायण नगरपालिका-४ फुलबारीमा काभ्रे खानीखोला गाउँपालिका-३की ४३ वर्षीया अन्तरीमाया थिङ मृत फेला परेकी हुन्।

https://amzn.to/4myfPN5

उनी मिनबहादुर खत्रीको ब्लक, सिमेन्ट र जस्ताले बनेको घरमा डेरा गरी बस्थिन्। त्यहाँ श्रीमान र सात वर्षकी छोरीसँग उनी बस्ने गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए।

आफ्नो कोठामा नभइ अगाडि कामदारहरू बस्ने कोठामा फेला परेकी हुन्। उत्तानो परेको अवस्थामा फेला परेकी हुन्,’ बुढाथोकीले भने, ‘त्यहाँ अर्को कोठामा सात जना कामदारहरू बस्थे।’ सातै जनालाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ।

उनका अनुसार मृत फेला परेका बेला कोही थिएनन्।

‘हिजो आमा नजिकै छोरी रोइरहेकी थिइन्। बच्चा रोएको सुनेर अरू छिमेकी आएर हेर्दा उनी मृत अवस्थामा रहिछन्, ‘ प्रहरी निरीक्षक बुढाथोकीले भने।

प्रतिक्रिया

सम्बन्धित खवर