२६ मङ्सिर २०७७

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप ल्याउने बारे उपप्रधानमन्त्री एवं कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले मन्त्रीहरुसँग सामूहिक छलफल गर्नुभएको छ ।

पोखरेलले शुक्रबार (आज) सिंहदरबारमा गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, सामान्य प्रशासनमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्री, मुख्यसचिव तथा सचिवहरुसँग छलफल गर्नुभएको हो । जनतालाई समयमै निःशूल्क खोप उपलब्ध गराउने विषयमा छलफल भएको बताइएको छ ।

आजको बैठकले कोरोना नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको बताइएको छ । यसका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका भत्ता सम्बन्धी देखिएको केही व्यवहारिक कठिनाइको बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर