२५ मङ्सिर २०७७

ग्लोबल आइएमई बैंकले बारपाक सुलिकोट गाउँपालिकाका किसानलाई कृषि तथा पशुपालन कर्जा दिने भएको छ। त्यसका लागि बैंक र गाउँपालिकाबीच सम्झौता भएको छ।


समझदारी अनुसार बैंकले आवश्यक प्रकृया पुरा गरेका कृषकहरुलाई परियोजनाको विशलेषणगरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिइने छ।

कृषि कर्जामा बैंकको सहजीकरणले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर