तनहुँ, २०७७ मङ्सिर २४ गते
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शुक्लागण्डकी नगरपालिका-११ बस्ने ४९ वर्षीय टोप बहादुर चन्द ठकुरीलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
तनहुँ साबिक राईपुर गाविस-४ बस्ने भिम बहादुर परियारको हत्या गरेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पोखराको २०७४ असार १९ गतेको १० वर्ष कैद हुने फैसलालाई सर्वोच्च अदालत काठमाडौंको २०७५ कात्तिक १३ गतेको फैसलाले सदर गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिकास्थित होटलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
साथै सोही मुद्दामा ५० रुपैयाँ जरिवाना ठहर भई भुक्तान नगरी हालसम्म फरार रहेका तनहुँ शुक्लागण्डकी नगरपालिका-११ बस्ने ११ जनालाई समेत जरिवाना भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ठकुरीलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा ठकुरीलाई उक्त अदालतको आदेशले कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर