मोरङ, २०७७ मङ्सिर २३ गते
मिक्लाजुङ गाउँपालिका-१ बर्खे बस्ने सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटी हत्या भएको छ ।
बिहान करिब सवा ७ बजे ५ जनाको समूहका आएका अपरिचित व्यक्तिहरुले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी सोही गाउँपालिका-१ बर्खे गाउँस्थित जंगलमा लगेर हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्खे गाउँदेखि करिब ६ सय मिटर टाढा जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला पारेको हो ।
घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर