२२ मंसिर २०७७, सोमवार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४२ कोरोना संक्रमित थपिएका छन् । मुलुकभर थपिएका १ हजार १४ संक्रमितमध्ये ४४२ जना काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन् । नयाँ संक्रमितसँगै हालसम्म काठमाडौं उपत्यका कोरोना संक्रमितको संख्या ९० हजार ७७२ पुगेको छ । जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन् भने ४ सय १४ जना संक्रमितको मृत्यु भएको छ ।