२२ मंसिर २०७७, सोमवार

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार सुनको मूल्य ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर