२२ मंसिर २०७७, सोमवार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साविकको विजेता मर्सिसाइड क्लब लिभरपुलले सानदार जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा लिरभपुलले वल्भ्समाथि ४–० को फराकिलो जित हात पारेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह, जर्जिन्हो वाइनाल्डम र जोएल मटिपले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।

घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा लिभपुलले वल्भ्समाथि खेलको सुरुवातदेखि नै दवाव बढाएको थियो । तर, पहिलो गोलको लागि २४औं मिनेटसम्म कुर्नुपरेको थियो । मोहम्मद सलाहले गाल गर्दै लिभरपुललाई अग्रता दिलाए । जोर्डन हेन्डरसनको प्रहारलाई कोआडेको हेडर सलाहसमक्ष पुग्दा उनले कुनै गल्ती गरेनन् ।

त्यसअघि ११औं मिनेटमा लिभरपुलले एन्ड्रिउ रोबर्टसनको पासमा साडियो मानेले पेनाल्टी स्पटबाट अवसर पाएपनि सदुपयोग गर्न सकेन । १७औं मिनेटमा एडमा ट्राओरेको पासमा ड्यानियल पोडेन्सले अवसर खेर फाल्दा वल्भ्स अग्रता लिनबाट चुक्यो । पहिलो हापको अन्त्यतिर मानेले बल नियन्त्रण गर्ने क्रममा कोआडेमाथि ओभरहेड किक गरेको भन्दै वल्भ्सले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।

५८औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले कप्तान जोर्डन हेन्डरसनको पासामा गोल गरेका थिए । ६७औं मिनेटमा मोहम्मद सलाहको पासमा जोएल मटिपले गोल गर्दै लिभरपुललाई फराकिलो जिततर्फ अग्रसर गराए ।

७८औं मिनेटमा नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुल ४–० ले विजयी हुन सफल भयो । ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको क्रसलाई बचाउन खोज्दा माने र सलाहको घेरामा रहेका सेमेडोले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ८०औं मिनेटमा एइट नोउरीको प्रहारलाई लिभरपुलका युवा गोलरक्षक केल्लेहरले विफल पारे ।

वल्भ्समाथिको सानदार जितसँगै शीर्षस्थानको टोटेनहमसँग अंक बराबरी गरेपनि लिभरपुल गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । टोटेनहम र लिभरपुलको समान २४ अंक छ । तेस्रो स्थानको चेल्सीको २२ तथा लेस्टर सिटीको २१ अंक छ । पराजित वल्भ्स १७ अंक जोडेर १०औं स्थानमा यथावत छ ।

प्रिमियर लिग अन्तरगत आइतबार राति नै भएको खेलमा लेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि २–१ को जित निकालेको छ । लेस्टरको जितमा एयोजी पेरेज र जेमी भार्डीले गोल गरे । स

ेफिल्डका ओलिभर म्याब्रुनीले एक गोल फर्काए । जितसँगै लेस्टर २१ अंक जोडेर चौथो स्थानमा उक्लदा सेफिल्ड १ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर