काठमाडाैं, १९ मंसिर ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप सबै मुलुक र जनताको लागि उपलब्धता हुनुपर्ने बताउनुभएकाे छ । कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री ओलीले साे कुरा बताउनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताउँदै भन्नुभयो- ‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ ।’

https://amzn.to/4myfPN5

प्रधानमन्त्री ओलीले काेराेनाका कारण मानव समुदाय नै संकटमा रहेको र जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने विश्वास व्यक्त गर्नुभयाे । विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमा नेपालमा कोभिड-१९ को महामारी र यसले पारेको प्रभावबारे पनि सम्बोधन गर्नुभएकाे थियाे । काेराेना महामारी संकटले पाठ सिकाएको बताउँदै ओलीले भन्नुभयाे, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।’

प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर