जि.के.पाण्डे

स्याङ्जा

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्याङ्जाको  कालीगण्डकी गाउँपालिका वडा  नम्बर ३ मा पर्ने भुष्टुङ्ग क्षेत्र एक साताको लागि सिल गरिएको छ। बिश्वब्यापी रुपमा फैलिएको कोभिड -१९ को जोखिम भुष्टुङ्ग क्षेत्रमा देखिएकोले सो क्षेत्रमा सिल गर्ने निर्णय गरिएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का वडा सचिब दिलिप बिश्वकर्माले जानकारी दिनुभयो। वडा सचिब बिश्वकर्माका अनुसार संक्रमण नियन्त्रण भन्दा बाहिर जान नदिन आज बसेको वडा समिति तथा सर्व पक्षीय सँयुत्त बैठकले उक्त निर्णय गरेको हो । सिल अवधिभर वडामा रहेका बैंक तथा बित्तीय संस्था र होटल तथा रेस्टुरेन्ट व्यवसाय बन्द रहनेछन् । वडा नम्बर ३ मा अवस्थित भवानी मावी , सरस्वती आधारभूत बिद्यालय र एक निजि बिद्यालय बन्द रहनेछन् । घरबाहिर निस्कदा स्वास्थ्यका मापदण्ड पालना गरि अत्यावश्यक काममा मात्र निस्कन वडाले अनुरोध गरेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको र संक्रमित महिलालाई हाल होम आइसोलेसनमा राखिएकोले उच्च सतर्कता अपनाइएको बिर्घा स्वास्थ्य चौकीका प्रमुख एक बहादुर थापाले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर