२९ साउन
गुल्मि जिल्ला मुसिकोट नगरपालिकाका मनोजलाई मलेसियावाट सहयोग रकम प्राप्त भएको छ ।


अर्घाखाँची घर भै मलेशियामा कार्यरत रहदै समाजसेवी वन्न सफल भएका छबिलाल गिरीले सहयोग गरेका हुन । मनोजको राजीवगान्धी अस्पताल दिल्लीमा उपचार भैरहेको छ । उनको उपचारमा करीव ४५लाख भारतिय रुपैया लाग्नेपरिवारले अनुमान गरेको छ ।


मनोजको रगतमा डब्लुविसी वढेसगै उत्पन्न भएको एएमलएल ल्युकेमियाको उपचारको लागि गिरी सगै विवेक खातीले पनि सहयोग गरेका हुन । सहयोग रकम ६२००भएपनि उपचारमा थप सहयोग पुगोस भनी रकम पठाईएको गिरीले वताए । छविलालले मलेसियामा अलपत्र परेका नेपाली तथा मलेसियावाट नेपालमा पनि विभिन्न क्षेत्र र ब्यक्तिहरुलाई निरन्तर सहयोग गर्दै आईरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर