काठमाडौं, ९ मंसिर ।  मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनकाे भाउ प्रतितोला एक हजार ८०० ले घटेको छ ।

महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन मंगलबार एक हजार ८०० ले ओरालो लागेको हो ।

https://amzn.to/4myfPN5

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर