जी.के. पान्डे

स्याङ्जा कालिगण्डकी गा.पा. ४ तेह्रघरे झर्याङ्दी बनमा सालको काठ वेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचना प्राप्त हुनसाथ यस कार्यालय मातहत प्रहरी चौकी विर्घाबाट खटिएको प्रहरी अधिकृत सहितको टोली उक्त स्थानमा गटि गई हेर्दा ५५ गोलिया (१२२.१५ क्यू.फिट) अवैध साल जातको काठ फेला परेको हुँदा बरामद गरी मिति २०७७।०८।०७ गते आवश्यक कारवाहीको लागी सव डिभिजन बन कार्यालय गल्याङ, स्याङ्जामा बुझाईएको । साथै काठको चोरी तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत बिगत ३ महिनामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लगभग ६०० क्यू फिट भन्दा बढी सालका काठहरू बरामद गरी आवश्यक कारवाहीको लागि बन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट जानकारी प्राप्त भएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर