काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चारै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।

आइतबार (आज) ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले मुलुकको पछिल्लो समसामयिक विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको हो ।

सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिलगायतका विषयमा छलफल भएको बताइएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले ७ औं पुनर्गठन दिवस मनाउने तयारी गरिरहेको समयमा सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर