पर्सा, वीरगंज महानगरपालिका-१६ मितेरीपुल नजिकैबाट ४ किलो ८ सय ९० ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-३ छप्कैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र सोही महानगरपालिका-५ बस्ने २३ वर्षीय धिरज पटेल रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर