अष्ट्रेलिया

राष्ट्रिय प्रजातन्त्र पार्टी को छातामुनी रहेको प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया ले आगामी पुष २७ गते भब्यताका साथ श्री ५ पृथ्विजयन्ती एबं राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजबंशीको अध्यक्षतामा बसेको नियमित बैठकले उक्त निर्णय गरेको हो । पृथ्विजयन्ती मुल आयोजक समितीको संयोजक मा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका सल्लाहकार दिपक बिष्ट रहेका छन् भने प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका ‘साउथ अस्ट्रेलिया’ राज्य संयोजक कल्याण पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिने भएको छ । प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका सल्लाहकार द्वय दिपक बिष्ट र दिपक गौतम को उपस्थिती , संगठनका अध्यक्ष अजय राजवंशी को अध्यक्षता र बरिष्ट उपाध्यक्ष ऋषिकेश न्यौपाने , महा सचिब मिलन आचार्य कोषाध्यक्ष कल्याण पन्त लगाएतको सहभागीतामा बसेको उक्त अनलाइन बैठकले पृथ्बिजयन्तीको बिशेष तयारीको लागी आगामी बैठकमा छलफल गरिने र प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको नियमित बैठक प्रत्येक महिनाको पहिलो शुक्रबार सिड्नीको समय अनुसार साँझ ८:०० बस्ने निर्णय गरेको छ । बैकमा सम्पुर्ण स्टेटहरुमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया को संगठन बिस्तार गर्ने , नयाँ सदस्यता बितरण गर्ने , संगठनलाई चुस्त दुरुस्त बनाउने लगायतलका बिषयमा छलफल गरियको र अष्ट्रेलियाका सम्पुर्ण स्टेटहरुमा हालसम्म भयका कार्यबिबरण को समिक्षा गरियको संगठनका बरिष्ट उपाध्यक्ष ऋषिकेश न्यौपाने ले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर