दिबश भण्डारी,कार्तिक ३०
दिपाबलिको शुभकामना आदानप्रदान गर्न गल्याङ नगरपालिका पुगेका चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरिलाई गल्याङ बासिले भब्य स्वागत गरेका छन।
गल्याङ नगरपालिका ०९ पकवादीमा नगरप्रमुख गिरिलाई हर्ष उल्लासका फुलमाला र अबिर लगाएर स्वागत गरेका हुन।स्वागत गर्दै गल्याङ बासी भन्छन..,
कुनै पनि ठाउँको बिकासका लागि त्यस ठाउँको जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्छ कि गर्दैन भन्ने कुरामहत्वपूर्ण हुन्छ। नगरप्रमुख गिरि चापाकोटका जनताको सुख दुखको साथी भएर कार्य गरेकोले चापाकोटको बिकास द्रुतगतिमा अगाडी बढेको कुरा व्यक्त गरे।एक बृद्धले हात जोडेर हास्दै भने…,नगर प्रमुख गिरि मात्रै स्याङ्जामा त्यस्तो मेयर साप रैछन जसले भ्रष्टाचार नरुचाउने तर जनताको काम गर्न रुचाउने रैछन नत्र गल्याङ भन्दा चापाकोट कसरी अगाडी पुग्यो..?
शिव गिरिले दौडाए चापाकोटलाई वृद्धले नगर प्रमुख गिरि तर्फ इन्कित गर्दै भने।



स्याङ्जामा शिव गिरि जस्तो निर्भीक र निडर साथै जनभावनाको कदर गरेर काम गर्ने जनप्रतिनिधि अरु नदेखिएको भन्दै गल्याङका स्थानीय बासी भन्छन..,तपाई अबको चुनावमा मेयर होइन साम्सद र मन्त्री भएर सिंङ्गो स्याङ्जाको बिकास गर्नुस यहि छ गल्याङ बासिले दिने शुभ दिपावलीको शुभकामना।बिगतलाई हेर्दा नगरप्रमुख गिरि चापाकोटको प्रमुख भएता पनि गल्याङ बासिको सुख दुखमा पनि साझेदार बन्ने गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर