२९ कार्तिक २०७७                                                      पार्टी भित्र बढ्दो विवादकाबीच प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन् । हिजो मात्रै सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भिर आरोपसहित राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेको भालीपल्ट नै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । भेटघाटका विषयमा कुनै औपचारिक जानकारी नदिइएपनि आन्तरिक विवाद उत्कर्षमा पुग्दा राष्ट्रपतिसँगको भेटलाई महत्वका साथ हेरिएको छ ।

आज नै ओलीले आफू निकट नेताहरुसँग यसबारे बालुवाटारमा छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर