२९ कार्तिक २०७७
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ।

गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्। आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर