२४ कार्तिक २०७७                                              नेपालमा आज थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा १ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १२६ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर