२४ कार्तिक २०७७

विद्यालय व्यवस्थापन र शैक्षिक सामाग्री प्रयोगसंग सम्बन्धित तालिम समापन भएको छ । कालीगण्डकी गापा गुल्मीको आयोजनामा तुङ तोलाकोट आधारभुत विद्यालय, कालीगण्डकी-६, तोलाकोटमा समपन्न उक्त तालिममा गाउँपालिका भित्रका २४ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

https://amzn.to/4myfPN5

समय सान्दर्भिक, अङ्ग्रेजी शिक्षण र खेल्दै सिक्ने सिक्ने विधिलाई अवलम्बन गराउनु तालिमको प्रमुख उद्देश्य रहेको प्रमुख प्रशिक्षक भुपराज न्यौपानेले बताउनु भएको छ। तालिमको समापन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कालीगण्डकी गापा, गुल्मीका अध्यक्ष वेद वहादुर थापा मगरले ` दुरदराजमा अङ्ग्रेजी शिक्षणको पहुँचसंगै त्यहाँका विद्यार्थीहरु शिक्षाको राष्ट्रिय मुलधारमा स्थापित हुँदै उच्चपदस्थ पदमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । संगै उहाँले तालिम पश्चात शिक्षकहरुको कार्यशैली र क्षमता पनि अभिवृद्धि हुनेमा आफू विश्वसत रहेको बताउनु भएको थियो । तालिमको प्रमुख प्रक्षिकको रुपमा लामो समयदेखि शिक्षण पेशामा आवद्ध युवा शैक्षिक अभियान्ता भुपराज न्यौपाने रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर