२८ साउन,२०७७,धनगढी उपमहानगरपालिका–१४ फुलवारी सीगाँउका ४५ वर्षीय अमरबहादुर चन्दको फुलवारीस्थित सिमा प्रहरी चौकीको हिरासतमा साउन २८ गते मृत्यु भएको छ ।मदिरा सेवन गरी झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि साउन २७ गते राति गिरफ्तार गरी सिमा प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर हिकमत थापाले  बताउनु भयो ।
प्रहरी चौकीको शौचालय भित्र चन्द मृत अवस्थामा भटिएकाले के कति कारणले उहाँको मृत्यु भएको अहिले नै भन्न नसकिने इन्स्पेक्टर थापाले बताउनु भयो ।
शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल,धनगढीमा ल्याइएको प्रहरीले जनायो ।


प्रतिक्रिया

सम्बन्धित खवर