काठमाडौं-पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९१ , भक्तपुरमा १४७ र ललितपुरमा १६० जनामा संक्रमण पुष्टि भएको हो ।

https://amzn.to/4myfPN5

२० कार्तिक २०७७                                            उपत्यकामा १३९८ सहित नेपालमा ३०५१ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

जसमा ३६ हजार ५१४ सक्रिय संक्रमित छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

कोरोना थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना कारण ज्यान गमाउनेको संख्या १०५२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर