२० कार्तिक २०७७                                               स्याङ्जामा  एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्रेर जिल्ला अदालतमा उपस्थित गराएको एसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्दाका छन् ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर